मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०६:३०:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कार अभियोगमा सहकारी सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०६:३०:००

बलात्कार अभियोगमा दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ परेको हो । युवती सोही सहकारीमा कार्यरत कर्मचारी हुन् । युवतीले विभिन्न प्रलोभन दिएर अधिकारीले पटक–पटक बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्न परिसरले कालिमाटीस्थित महिला सेललाई निर्देशन दिएको थियो । 

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बलात्कार अभियोगमा अधिकारी पक्राउ परेको जानकारी दिए । ‘युवतीको जाहेरीपछि बलात्कार अभियोगमा दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ,’ बोगटीले भने । प्रहरीका अनुसार अधिकारीविरुद्ध सात दिनको म्याद थप भएको छ । 

पीडित युवती सहकारीमा केही वर्षदेखि कार्यरत थिइन् । यस क्रममा अधिकारीले युवतीलाई पदीय प्रभावमा पारी विविध प्रलोभन दिने गरेका थिए । अधिकारीले युवतीलाई शारीरिक सम्बन्ध राखेको भिडियो आफूले खिचेकाले सार्वजनिक गरिदिने धम्की दिने गरेको प्रहरीको भनाइ छ । सोही आडमा अधिकारीले युवतीमाथि पटक–पटक यौन शोषण गर्दै आएका थिए ।

जागिर पनि छाड्न नदिने र पटक–पटक यौन शोषण पनि गर्दै आएपछि युवतीले बाध्य भएर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् । ‘अधिकारीले युवतीलाई प्रलोभन दिने गरेको पाइयो । सोही आडमा पटक–पटक बलात्कार गर्दै आएका रहेछन् । जति गर्दा पनि अधिकारीको चंगुलबाट फुत्किन नसक्ने भएपछि बाध्य भएर प्रहरीमा जाहेरी दिएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्ता डिएसपी बोगटीले भने ।