मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका कास्की
२०७६ फाल्गुण १ बिहीबार १८:३३:००
Read Time : < 1 मिनेट
समाचार

दुर्घटनामा एकको मृत्यु एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ फाल्गुण १ बिहीबार १८:३३:००

ट्याक्सी र मोटरसाईकल एक आपसमा ठोक्किदा विहीबार पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 
पोखरा महानगरपालिका ५ स्थित जिरो किलोमा ग १ ज ४०९७ नंम्वरको ट्याक्सी र ग १० प २५५५ नंम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार दार्चुला जिल्ला घर भई हाल पोखरा ६ खहरे बस्ने ३५ वर्षका पदमसिंह दडालको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सुचना अधिकारी प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार दुर्घटनामा परी घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । 

यसैगरी मोटरसाईकल चालक काभ्रे घर भई हाल पोखरा ८ न्यूरोड बस्ने २४ वर्षका आशिष भुजेल घाईते भएको प्रहरीले जनाएको छ ।