मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार ०७:५५:००
Read Time : < 1 मिनेट
ब्लग

अलपत्र योद्धाबारे सोचौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार ०७:५५:००

२५ माघको नयाँ पत्रिकामा प्रकाशित ‘पहाड बाबाको जीवन’ पढियो । इतिहासदेखि नै मधेसमा सामन्ती जमिनदारको गरिब दलितमाथि छुवाछुत तथा जातीय अत्याचार रहँदै आएको छ । सिराहाका रामपरीक्षण सफीले पनि त्यो अत्याचार भोगे । 

त्यही अत्याचारको सिलसिलामा रामपरीक्षणलाई जबर्जस्ती माओवादीको आरोप लगाएर जंगल पस्न बाध्य बनाइयो । जनमुक्ति सेनामा भर्ती भएर सर्वहारा वर्गको मुक्तिका लागि अहोरात्र युद्ध लडेर देशमा ठूलो परिवर्तन ल्याए पनि दलितमाथिको छुवाछुत ज्युँकात्युँ रह्यो । त्यसैले, तिनै ‘पहाड’ अर्थात् रामपरीक्षण स्वेच्छिक अवकाशपछि अहिले साधुको भेषमा हिँडिरहेका छन् । माओवादी पार्टीका लागि लड्ने पहाड बाबाको जस्तो दुःख कसैलाई नपरोस् ।

यस्ता अलपत्र योद्धा अरू पनि धेरै होलान्, तिनीहरूबारे क्रान्तिकारी पार्टीले समयमै सोचोस् ।

निरञ्जन मैनाली, कोल्हवी-२, बारा