मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ फाल्गुण १ बिहीबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ फाल्गुण १ बिहीबार १५:२३:००

नेकपा विप्लव समूह निकट अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय संयोजक बिरेन्द्र लुहारसहित तीन जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका १८ कटान सुदूरपश्चिमाञ्चल विश्वविद्यालय क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले क्रान्तिकारीका भेरी कर्णाली संयोजक बिरेन्द्र लुहार सहित अन्य दुई कार्यकर्ता हरक लुहार र अर्जुन विकालाई समेत पक्राउ गरेको जानकारी दिए । 

पक्राउ परेका तीनै जनाको साथबाट विभिन्न प्रमाण पत्र बरामद गरेको प्रहरीले जनाएको छ । विहीबार उनीहरुमाथि थप अनुसन्धानका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सात दिनको म्याद थप गरिएको छ ।

‘उनीहरुमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरेका छौं’ प्रवक्ता पौडेलले भने ‘प्रतिबन्धित पार्टीका भएकाले नियन्त्रणमा लिएका हौँ ।’