१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण १ बिहीबार ११:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो एक्जिमा ?

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार ११:४५:००

 डा. रवीन्द्र शर्मा
छालारोग विशेषज्ञ
सिभिल अस्पताल

एक्जिमा छालाको बाहिरी सतहमा लामो समयसम्म देखिने समस्या हो । छालामा रोगप्रतिरोधी क्षमताको कमी भएपछि यो समस्या देखिन्छ । एक्जिमा बढीजसो नवजात शिशुमा देखिन्छ र बाल्यकालसम्म रहन्छ । वयस्क अवस्थामा पनि देखा पर्न सक्छ ।
लक्षण 
व्यक्तिअनुसार यसका लक्षण फरक–फरक देखा पर्न सक्छन् । जसलाई मेडिकल भाषामा ‘एटोपिक डर्माटाइटिस्’ भनिन्छ । र, यसको मुख्य लक्षण एक्जिमा भएको ठाउँमा अत्यधिक चिलाउने हो । एक्जिमा शरीरको जुनसुकै भागमा देखा पर्न सक्छ । तर, अनुहारको छाला, कुहिनो, घुँडा, नाडी र घाँटीमा बढी असर गरेको पाइन्छ । 

  •  अत्यधिक चिलाउने
  •  एक्जिामा देखिएको शरीरको भागको छाला भिजेको जस्तो हुने
  •  थोपा–थोपा पानी बगिरहने 
  •  छाला पोल्ने वा छालामा जलन हुने 
  •  छालाको पत्र–पत्र निस्किने 
  •  चाउरिने र रातो हुने
  •  स–साना पानी फोका आउने 
  •  छालामा सुक्खापन बढी हुने ।

उपचार

  •  समस्या देखिएपछि छालारोग विशेषज्ञसँग परामर्श गर्ने 
  •  ‘टोपिकल’ नामक औषधि छालाको सतहमा लगाउने 
  •  चिकित्सकको सल्लाहमा एक्जिमाको अवस्थाअनुसार अन्य औषधि सेवन गर्ने ।

एक्जिमा शरीरको जुनसुकै भागमा देखा पर्न सक्छ । तर, अनुहारको छाला, कुहिनो, घुँडा, नाडी र घाँटीमा बढी असर गरेको पाइन्छ ।

वैकल्पिक उपचार

  •  छालालाई ओसिलो पार्ने क्रिमको प्रयोग गर्ने
  •  छालाको सतहमा ‘स्टेरोइड क्रिम’ वा लेप लगाउने
  •  पट्टी बाध्ँने
  •  एलर्जी गराउने कुराबाट टाढा रहने 
  •  परावैजनी प्रकाशबाट बच्ने 
  •  दिनको दुई–तीनपटक छाला ओसिलो राख्न क्रिम प्रयोग गर्ने 
  •  धेरै चिल्लो भएको वा सुगन्ध नभएको क्रिम प्रयोग गर्ने
  •  साबुनको सट्टा मोइस्चराइजर प्रयोग गर्ने
  •  साबुन, जेल र डिटर्जेन्टबाट टाढा बस्ने 
  •  घरको काम गर्दा पन्जा लगाउने 
  •  नुहाइसकेपछि मोइस्चराइजर लगाउने 
  •  आरामदायी कपडा लगाउने
  •  सुती र ऊनीका कपडा प्रयोग नगर्ने 
  •  एलर्जी हुने जनावर नपाल्ने । 

कारण

  •  छालारोगबाट प्रभावितहरूसँग संगत
  •  जलन हुने तथा एलर्जी गराउने पदार्थको प्रयोग 
  •  छालामा सुक्खापन 
  •  बच्चामा दाँँत आउँदा 
  •  खानाको एलर्जी 
  •  अत्यधिक तनावलगायतका कारणबाट यो समस्या देखा पर्छ ।