१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण १ बिहीबार १०:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

डिजोनको मैदानमा पिएसजीको आधा दर्जन गोल

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार १०:२९:००

फ्रेन्च कपअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले डिजोनमाथि सानदार जित निकालेको छ । अपराजित यात्रालाई २२ खेलसम्म लम्ब्याएको पिएसजीले डिजोनलाई उसकै घरेलु मैदानमा ६–१ गोलअन्तरले हराएको हो ।

पिएसजीको जितमा केलियन एम्बाप्पे थिएगो सिल्भाले एक एक गोल गरे । त्यस्तै पाब्लो सराबियाले दुई गोल गरे । उसले बाँकी दुई आत्मघाती गोल उपहार पाएको थियो । 

खेलको सुरु मिनेटमै आत्मघाती गोलबाट अग्रता लिएको पिएसजीले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । उसका लागि एम्बाप्पेले ४४ मिनेटमा गोल गरेका थिए । सिल्भाले ५० औं मिनेट तथा सराबियाले ५५ औं मिनेटमा गोल गर्दा पिएसजी स्पष्ट ४–१ ले अघि बढेको थियो । पुनः खेलको ८६ औं मिनेटमा आत्मघाती गोल खाएको डिजोन खेलमा फर्कन सकेन ।

सराबियाले निर्धारित ९० मिनेटमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै टोलीलाई ६–१ को जित दिलाए । डिजोनले खेलको १३ औं मिनेटमा मौनिर चोयरको गोलबाट अग्रता लिए पनि बाँकी समयमा भने थप गोल गर्न सकेन ।