मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण १ बिहीबार १०:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

आफ्नै मैदानमा हार्‍यो इन्टर मिलान, फाइनल यात्रा कठिन

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार १०:०५:००

कोपा इटालियाको सेमिफाइनल खेलमा नापोलीले इन्टर मिलानलाई उसकै मैदानमा हराएको छ । गएराति सम्पन्न समिफाइनलको पहिलो लिगमा नापोली १–० गोलअन्तरले विजयी भएको हो ।  नापोलीको जितमा फेबिन रुइज पेनाले ५७ मिनेटमा गोल गरेका थिए ।

जितसँगै नापोलीले फाइनलमा पुग्ने बलियो सम्भावना देखाएको छ । निकै नै प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा क्रिस्टियानो भिरागीको फ्रिकिक प्रहार क्रसबारबाट बाहिरिँदा घरेलु टोली अग्रता लिनबाट चुकेको थियो । त्यस्तै खेलको ५० औं मिनेटमा इन्टरका रोमेलु लुकाकु गोल गर्नबाट चुकेका थिए । पहिलो हाफ बराबरीमा सकिएको थियो । 

सिरि ए लिगको १० औं स्थानमा रहेको नापोलीले लिगको शीर्ष स्थानमा रहेको मिलानसँग सेमिफाइनलअन्तर्गतको दोस्रो खेल घरेलु मैदानमा मार्च ६ मा खेल्नेछ । उक्त खेलमा नापोलीलाई बराबरी पर्याप्त हुनेछ ।