मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार ०७:१०:००
Read Time : < 1 मिनेट
सेयर बजार

नेप्सेमा ४.६० अंकको सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार ०७:१०:००

बुधबार सेयर बजार ६ दशमलव ६० अंक बढेर १ हजार ३ सय ४५ दशमलव ९७ बिन्दुमा बन्द भएको छ । यस दिन १ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको छ ।मंगलबार १ अर्ब ५२ करोडको सेयर कारोबार भएको थियो । यस दिन कारोबारको आधा घन्टामा नेप्से १ हजार ३ सय ५३ बिन्दुमा पुगेको थियो । सो बिन्दुमा धेरै समय टिक्न नसकी बजार १ हजार ३ सय ४२ बिन्दुसम्म ओर्लियो । सोपछि बजार थोरै उक्लिएर अन्तिम समयमा खरिदकर्ता बढेपछि बजार पनि बढेर बन्द भएको हो । 

यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा बैंकिङ, विकास बैंक र जलविद्युतबाहेक सबै समूह बढेका छन् । बैंकिङ शून्य दशमलव १६ प्रतिशत, विकास बैंक शून्य दशमलव ४६ प्रतिशत र जलविद्युत् शून्य दशमलव ६९ प्रतिशत घटेको छ । मंगलबार पनि लघुवित्तका सेयरमा झुम्मिएका लगानीकर्ता बुधबार पनि सोही कम्पनीका सेयरमा आकर्षित भएका छन् ।