मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १ बिहीबार ०७:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

नमुना बस्ती निर्माण गर्न जग्गा सहयोग

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार ०७:०५:००

सुनकोसी गाउँपालिका ८ का सन्तोषकुमार बस्नेतले भूकम्पमा घर क्षति भएका १९ दलित परिवारलाई घडेरी प्रदान गरेका छन् । दलित नमुना बस्ती निर्माणका लागि उनले सुनकोसी ८ आम्बोटे सिरानमा रहेको आफ्नो पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । १९ दलित परिवारले सामूहिक रूपमा प्रयोग गर्ने गरी जग्गा उपलब्ध गराएको बस्नेतले बताए ।

‘नमुना दलित बस्तीका रूपमा विकास गर्ने उद्देश्यले घर तथा घडेरीविहीन परिवारलाई ५ रोपनी जग्गा निःशुल्क रजिस्टे«सन पास गरिदिएको छु,’ बस्नेतले भने । बुबा रामबहादुर बस्नेतबाट आफूले अंशका रूपमा प्राप्त गरेको जग्गा दलित समुदायलाई दिएको बस्नेतले बताए । घर–घडेरी नभएका परिवारलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए । 

 घर निर्माणमा पनि सहयोगको अपेक्षा
भूकम्प र पहिरोका कारण सुनकोसी ८ का धेरै परिवार विस्थापित भएका छन् । बस्नेतबाट प्राप्त जग्गामा अब एकीकृत बस्ती निर्माण गरेर बसोबास सुरु गर्ने जग्गा पाउनेमध्ये एक सन्तबहादुर नेपालीले बताए । उनले भने, ‘सन्तोष सरले यति धेरै जग्गा निःशुल्क दिनुभयो, हामी धेरै खुसी छौँ । तर, त्यो जग्गामा घर बनाएर बस्न सक्ने हैसियत हामी सबैको छैन । दाताको सहयोग भए घर बन्ने थियो ।’ प्राप्त जग्गामा आवाससहितको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् ।  नमुना बस्ती विकासका लागि स्थानीयले दिलबहादुर नेपालीको अध्यक्षतामा समितिसमेत गठन गरेका छन् । ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले नमुना दलित बस्ती निर्माणका लागि पहल गर्ने बताए ।