मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १ बिहीबार ०६:३३:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी नेतृत्वमा एकता : सवैलाई समेटर अघि बढ्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १ बिहीबार ०६:३३:००

गृहमन्त्री रामबहादुर थापाले आफ्ना सहयोगीलाई साथ लिएर अघि बढ्न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सुझाब दिएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा थापाले कार्यकाल छोटो भए पनि धेरै गर्न सकिने भन्दै आफ्नो पूर्ण साथ रहने बताए । यसैबीच, ज्ञवालीले संगठनमा भातृत्वको भावना बढाएर अघि बढ्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहका बीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनमा उनले संगठनले लिएको लक्ष्यप्रति विमुख नभई अगाडि बढ्नुपर्ने बताए ।महानिरीक्षक बढुवामा हुने प्रतिस्पर्धाका कारण प्रहरी नेतृत्वमा सधैँ बेमेल हुनेमा यसपटक भने फरक अवस्था देखिएको छ । प्रतिस्पर्धीहरूले समेत एकजुट भएर अघि बढ्ने र प्रहरीलाई बलियो बनाउने प्रण गरेका छन् । 

ठाकुर ज्ञवालीसँगै उनका ब्याची तारिणी लम्साल र  सूर्यप्रसाद उपाध्यायसमेत आइजिपी बढुवाको प्रतिस्पर्धामा थिए । ज्ञवाली आइजिपी  भएपछि बधाई दिँदै उनीहरूले आफूहरूको पूर्ण सहयोग रहने बताएका छन् । ‘महानिरीक्षक बढुवामा मेरो समर्थन छ, महानिरीक्षकलाई पूर्ण सहयोग हुनेछ,’ डिआइजी लम्सालले भने, ‘व्यक्तिगत स्वार्थभन्दा पनि प्रहरी संगठनलाई बलियो बनाउन हामी एकजुट हुनेछौँ ।’ आफ्ना ब्याचमा ज्ञवाली पहिलो नम्बरमा थिए । मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई आइजिपीमा बढुवा गरेको थियो । बुधबार उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न लगाइदिएपछि प्रहरी प्रधान कार्यालय पुगेर पदभार सम्हालेका छन् ।