मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २९ बुधबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली सेनाको गाडी दुर्घटना, एकको मृत्यु ६ घाइते

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार १९:१९:००

सल्यानमा नेपाली सेनाकाे गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोलामा बुधबार दुर्घटना हुँदा नेपाली सेनाका जमदार यादव भडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि ६ जना गम्भिर घाइते भएका छन् ।

जिल्लाको सिमखर्कबाट दाङ्गतर्फ जाँदै गरेको लु १ त १२३ नम्बरको नेपाली सेना सिमखर्क ब्यारेकको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

गाडी दुर्घटनामा परि सेनानी ईश्वर सिलवाल, हुद्दा जयप्रकाश बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ्ग, रेशम लित मगर र बिपिन श्रेष्ठ  घाइते भएका छन् ।

गम्भिर घाइते भएकाहरुको दाङ्गको तुलसीपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । गाडी दुर्घटनाको कारण भने अझैसम्म खुल्न नसकेको उनको भनाई छ । गाडी सडकदेखि ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।