मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ माघ ४ शुक्रबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरु हुने

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ४ शुक्रबार १७:१८:००

प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नम्बर प्रदेशबाट सुरु गर्ने तयारी भएकाे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि तीन अर्ब १० करोड विनियोजन गरेको छ । 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि सुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । रोजगारीको हकमा सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिबाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए । 

उक्त कार्यक्रम सुरु भएपछि देशका सात सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले जानकारी दिए । 

केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालिम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रक्रियाअगाडि बढेको मन्त्रालयद्वारा हेटौँडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ । 

यस सम्बन्धमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए । मन्त्रालयद्वारा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगसमेत छलफल गरेको छ ।