१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ माघ २९ बुधबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार

रानाथारु बस्तीमा खुसियाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ माघ २९ बुधबार १८:२२:००

कुनै समय पहिचानसहितको मुद्दा अघि सारेर आन्दोलनमा होमिने कैलाली–कञ्चनपुरका रानाथारु समुदाय यतिबेला खुशी देखिएका छन् । 

कैलाली कञ्चनपुरमा बसोबास गर्ने राना समुदायलाई आदिवासी जनजातिको छुट्टै पहिचान दिएपछि उनीहरु हर्षित भएका हुन् । गत असोजमा राना समुदायको भाषा सूचिकृत गरेको सरकारले अहिले आदिवासी जनजातिको रुपमा रानालाई अलग्गै सूचिकरण गरेको छ । यही २० माघको मन्त्रिपरिषबाट रानाथारुलाई पनि आदिवासी जनजातीको पहिचान दिने निर्णयपछि कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा खुसियाली मनाईदैछ ।

बुधबार नेपाल रानाथारु समाज बेदकोटले दैजीमा राना समुदायलाई सरकारले सुचिकृत गरेकाे खुसियालीमा बधाई तथा स्वागत कार्यक्रम राखेको थियो ।

पुर्वसंविधान सभा सदस्य कृपाराम रानाले पहिचान पाएकोमा खुशी ब्यक्त गरे । प्रतिनिधी सभा सदस्य नारदमुनी रानाले सरकारले रानाथारु समुदायलाई ढिलै भए पनि आदिवासी जनजातीमा सूचिकृत गरेकोमा खुसी व्यक्त गरे । 

कैलाली कञ्चनपुरमा झण्डै संख्या ३ लाख ३६ हजार रानाथारु रहेका छन । त्यसैगरी भारतमा समेत करिव १ लाख ५० हजार रानाथारू रहेको अनुमान राना अगुवाहरुको छ ।