२०७६ माघ २९ बुधबार १७:२९:००
सेयर बजार

ङादी ग्रुपको विद्युत बिक्री आय ८ करोड ४७ लाख

२०७६ माघ २९ बुधबार १७:२९:००

चालु आवको दोस्रो त्रैमासमा ङादी ग्रुप पावर लिमिटेडले गत आवको सोही अवधीको तुलनामा ३ प्रतिशत बढी विद्युत विक्री गरेको छ । 

चालू ६ महिनामा ८ करोड ४७ लाख ६३ हजारको विद्युत बिक्री गरेको छ । कम्पनीले गत आवको सोही अवधीमा ८ करोड १६ लाख २५ हजारको विद्युत विक्री गरेको थियो । 

कम्पनीको संचालन आम्दानी गत आवको तुलनामा ३ दशमलव २९ प्रतिशत बढेको छ । गत आवको ६ महिनामा ७ करोड २३ लाख संचालन आम्दानी गरेको कम्पनीले चालू आवको ६ महिनामा ७ करोड ४६ लाख आम्दानी गरेको छ । जलविद्युतमा कम्पनीको लगानी १५ करोड ३२ रुपैया रहेको छ ।  

कम्पनीले आव २०७४÷७५ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५३ करोड ५५ लाख छ । कम्पनीले चालू ६ महिनामा २१ लाख ९५ हजार रोयल्टी तिरेको छ । कम्पनीको कुल सम्पती ९६ करोड ९० लाख रहेको छ । 

कम्पनले यस त्रैमासको अवधिमा सिउरी खोला जलविद्युत आयोजना पूर्ण संचालन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १६ रुपैया ४८ पैसा रहेको छभने प्रतिसेयर नेटवर्थ १ सय २० रुपैया ३५ पैसा रहेको छ । कम्पनीको पीइ रेशियो ६ दशमलव ९८ प्रतिशत, तरलता अनुपात २ दशमलव ३० प्रतिशत छ । 

कम्पनीको बुधबार सेयर मुल्य प्रतिकित्ता १ सय २० रुपैयाँ कायम भएको छ ।