मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २९ बुधबार १२:४८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार १२:४८:००

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार गृहसचिव महेश्वर न्यौपानले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दज्र्यानी चिन्ह लगाइएको हो । ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो । आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो ।

यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । ज्ञवालीले नेपाल हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्ने बताए । जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने उनले प्रतिवद्धता जनाए । आकर्मन्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही उत्कृष्ट नमुना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने उनले स्पष्ट पारे ।

ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।