मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २९ बुधबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार

फुयाँल बने भौतिक पूर्वाधार विकास मन्त्री, आज ४ बजे सपथ

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार १२:४४:००

बागमती प्रदेश सरकारले रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरेको छ ।

सत्तारुढ नेकपाको बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक फुयाँललाई बिहीबार बिहान मन्त्रीमा नियुक्त गरिएको हो । काठमाडौं क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित फुयाँललाई मुख्यमन्त्री डोरमणी पौडेलले नियुक्त गरेको नेकपाका सांसद विशाल खड्काले जानकारी दिए ।

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेका थिए । स्थापित बर्खास्त भएपछि मुख्यमन्त्री आफैले सम्हाल्दै आएको मन्त्रालयमा करिब १४ महिनापछि मन्त्री नियुक्त गरिएको हो ।

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारका लागि राजधानी र नाम तोक्ने क्रममा चर्चा गरिएपनि रिक्त मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरिएको छ । फुयाँलले आज(बुधबार) ४ बजे सपथ लिने तयारी छ ।

फुयाँललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंले सपथ ग्रहण गराउने छन् ।