१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ २९ बुधबार ०८:४७:००
Read Time : < 1 मिनेट
अर्थ

हायात होटेलको सरकारी जग्गा किर्ते गरी कब्जा गर्नेलाई सिआइपी

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार ०८:४७:००

हायात होटेलको सरकारी जग्गा किर्ते गरी कब्जा गर्ने समूहका सुरेशलाल श्रेष्ठलाई पनि सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)बाट सम्मान गरेको छ । श्रेष्ठ राज्यको स्वामित्वमा रहेको बौद्धस्थित हायात होटेलको १ सय ५० रोपनी जग्गा आफ्नो नाममा बनाउनेमध्येका रामलाल श्रेष्ठका छोरा हुन् । हाल उनी होटेलको कार्यकारी सञ्चालक छन् । 

सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटेल व्यवसायीका रूपमा तारगाउँ रिजेन्सी होटेल लिमिटेड (हायात होटेल)का कार्यकारी सञ्चालक श्रेष्ठलाई सिआइपी सम्मान दिइएको हो । श्रेष्ठ तथा राधेश्याम सर्राफ समूहले हायात होटेलमा रहेको सरकारको करिब ४० प्रतिशत सेयरलाई किर्ते गरी ९ प्रतिशतमा झारेका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छानबिनले श्रेष्ठ–सर्राफ समूहलाई दोषी प्रमाणित गरेर कारबाहीका लागि सरकारसमक्ष सिफारिससमेत गरेको छ । 

संसदीय समितिले ०७५ चैतमा सरकारलाई प्रतिवेदन बुझाए पनि श्रेष्ठलाई कारबाही गर्नुको साटो उल्टै सिआइपीबाट सम्मान गरेको छ । सरकारले नै बनाएको कार्यविधिले समेत श्रेष्ठ सिआइपी पाउन योग्य देखिँदैनन् । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार नैतिक पतन देखिने गरी अदालतबाट कसुरदार ठहरिएको, भ्रष्टाचार वा आर्थिक अनियमिततामा संलग्न भएको व्यक्तिलाई सिआइपी दिन मिल्दैन । तर, संसदीय समितिको निर्देशन तथा आफैँले बनाएको कार्यविधिलाई लत्याएर मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई सिआइपी प्रदान गरिएको छ ।