मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मी बलायर काठमाडाैं
२०७६ माघ २९ बुधबार १०:३६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

प्रेमध्वज प्रधानको दीर्घायु सूत्र : नियमित व्यायाम र सन्तुलित भोजन

Read Time : < 1 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७६ माघ २९ बुधबार १०:३६:००

म वि.सं. १९९४ असार कृष्ण तिथिमा जन्मेको हुँ । ८२ वर्ष नाघे पनि स्वस्थ छु । बिहान ५ बजे उठ्छु । दुई गिलास तातो पानी खान्छु । समाचार सुन्दै आधा घन्टा व्यायाम गर्छु । त्यसपछि कौसीमा गएर परेवालाई चारो दिन्छु । चारो दिन थालेको धेरै वर्ष भयो । चारो दिँदा शान्तिको अनुभूति हुन्छ ।

धार्मिक पुस्तक पाठ गर्छु
पूजाकोठामा २० मिनेट हनुमानचालिसा, दुर्गाकवज पढ्छु । जसले मनमा आनन्द दिन्छ । आमा हुँदा उहाँसँगै पाठ पढ्थेँ । आजभोलिसमेत आमाले सिकाएका पाठहरू पढ्छु ।

बाहिर चियासमेत खान्नँ 
म बाहिरको खाना कम खान्छु । भोजमा गएको वेला अलिकति खान्छु । सामान्य अवस्थामा बाहिर त चियासमेत खान्नँ ।

दिनहुँ हजार पाइला हिँड्छु 
म हरेक दिन हजार पाइला हिँड्छु । त्यो घरको कोठा–कोठामै हुन्छ । छोराले पाइला गन्ने मेसिन ल्याइदिएको छ । त्यसैले नै काउन्ट गर्छ ।

समयमा सन्तुलित भोजन 
धेरै वर्ष बाँच्न खानपानमा विशेष ध्यान दिनुपर्ने रहेछ । त्यसैले म सचेत छु । ब्रेकफास्टदेखि डिनरसम्म समयमा खान्छु । बे्रकफास्टमा भिजाएको चनामा नुन हालेर खान्छु । भिजाएको बदाम खान्छु । बदामले शरीर र दिमागलाई थप ऊर्जा दिन्छ । दूधचिया, कर्नफ्लेक्स र फलफूल पनि खान्छु ।

खानामा साग टुट्दैन 
बिहानको खाना ११-१२ बजे खान्छु । खानामा भात, दाल र तरकारी खान्छु । तरकारी तीन–चार थरीको हुन्छ । साग टुट्दैन । बेलुकी ५ बजे गेडागुडीको सुप खान्छु । बेलुका साढे ७ बजे खाना खान्छु । बेलुकीको खानामा तरकारीसँग दुईवटा रोटी खान्छु । 

कुलतबाट टाढा 
मद्यपान, धूम्रपान र सुर्तीजन्य पदार्थको लत छैन । सुपारीसमेत खान्नँ । यस्ता पदार्थको सेवनले स्वरलाई हानि पु-याउँछ ।

सकारात्मक सोच
लामो आयु जिउन सकारात्मक सोच राख्नसमेत आवश्यक छ । बितेका कुरा सोच्नुहुँदैन । दुःखका कुरा सोच्नुहुन्न । त्यो सोच्नु भनेको समय खेर फाल्नुजस्तै हो ।