मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७६ माघ २९ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
समाचार

नवलपरासीको बुलिङ्गटारमा ट्याक्टर दुर्घटना, मृतकको संख्या ४ पुग्यो

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७६ माघ २९ बुधबार ०७:३७:००

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । ट्याक्टरमा १६ जना सवार रहेकोमा ४ जना शकुसल रहेको र बाँकी ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङ्गटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो ।

दुर्घटनामा परी ४ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङ्गटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । त्यसैगरी ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर, ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर  छ ।

लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइतेहरुको पुराना मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मृतक दुई जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र बुलिङ्गटारमा  छ भने दुई जनाको पुरानो मेडिकल कलेज चितवनमा  छ । ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।