१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २९ बुधबार ०६:३९:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरको बजेट खर्च २८ प्रतिशत

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार ०६:३९:००

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत बजेट खर्च गरेको छ । आव ०७६, ७७ का लागि विनियोजन गरेको दुई अर्ब १३ करोड बजेटमध्ये ६१ करोड २८ लाख १७ हजार अर्थात् २८ दशमलव ७६ प्रतिशत खर्च गरेको हो । जसमध्ये चालूतर्फ ३६ करोड १७ लाख २२ हजार र पुँजीगततर्फ २५ करोड १० लाख ९५ हजार खर्च गरेको मेयर सुनिल प्रजापतिले जानकारी दिए । 

नगरपालिकाको मंगलबार सुरु भएको छैटाैं नगरसभामा मेयर प्रजापतिले भने, ‘अघिल्लो वर्षभन्दा यो वर्ष खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउने कोसिस गरेका छौँ, त्यसैकारण अघिल्लो वर्षभन्दा यो वर्षको ६ महिनामा पुँजीगत बजेट खर्च वृद्धि भएको छ ।’