१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
सेयर बजार

नबिल बैैंकको व्याज आम्दानी र संचालन आम्दानीमा कमी आउँदा नाफा घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:३५:००

नबिल बैैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासिकमा नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ ।  

बैंकको गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी र संचालन नाफा घटेपछि नाफा घट्न पुगेको हो । बैंकको नाफा ६ प्रतिशत घटेर २ अर्ब ४ करोडमा सिमित भएको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा २ अर्ब १७ करोड नाफा कमाएको थियो । सोही अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड पुगको छ ।

गत आवमा ३ अर्व ६१ करोड १३ लाख रहेको बैंकको खुद व्याज आम्दानी चालू आवमा ३ अर्व ४५ करोड १६ लाखमा सिमित भएको छ । त्यसैगरी बैंकको संचालन नाफा ३ अर्व ८ करोड ३६ लाखबाट घटेर २ अर्व ९० करोड ९३ लाखमा सिमित भएको छ । 

गत आवको नाफाबाट १२ प्रतिशत वोनस र २२ प्रतिशत नगद सेयर वितरण गरेको बैंकको चुक्तापूँजी १० अर्ब ९ करोड छ । बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्कृय कर्जा शून्य दशमलव ६२ प्रतिशतबाट बढेर शून्य दशमलव ७५ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर ४५ दशमलव ३२ रुपैयामा आएको छ ।