१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:०८:००
Read Time : < 1 मिनेट
सेयर बजार

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानीको संस्थापक सेयर लिलामीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:०८:००

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ । 

कम्पनीले प्रतिकित्ता १ हजार ७ सय ५० मा  ५० हजार कित्ता शेयर बोलकबोल माफर्त २८ माघ (मंगलबार)देखि बिक्री गर्न लागेको हो । बोलकबोलबाट शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले सूचना प्रकाशित भएको मितिले सात लिन तथा ६ फागुनभित्र कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल, प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । 

आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।