मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:१५:००
Read Time : < 1 मिनेट
सेयर बजार

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद १८ फागुनदेखि खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:१५:००

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर आगामी १८ फागुनदेखि बिक्री खुला गर्न लागेको छ ।  

कम्पनीले १० कित्ता सेयर बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । २७ माघसम्मका कायम शेयरधनीका आगामी २३ चैतसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने एनएमबि बैंकका शाखा कार्यालयहरु, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत भन्दा तल आधार जनाउने ‘इक्राएनपी आइपीओ ग्रेड फो प्लस’ रेटिङ दिएको छ ।

कम्पनीको हाल चुक्तापूँजी  ६४ करोड १५ लाख २० हजार रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ ।