१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ माघ २८ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
विश्व

दिल्ली विधानसभा निर्वाचन :  केजरीवालको आम आदमी पार्टीले फेरि बहुमत ल्याउने प्रारम्भिक संकेत   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ माघ २८ मंगलबार १०:३३:००

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको आम आदमी पार्टी (आप) ले आगामी पाँच वर्षपनि नयाँ दिल्लीमा सत्ताको नेतृत्व गर्ने स्पष्ट संकेत देखिएको छ ।  यसै हप्ता सम्पन्न दिल्ली विधानसभाको निर्वाचनपछि मंगलबार विहानदेखि भएको मतगणनाको प्रारम्भिक नतिजामा ‘आप’ ले स्पष्ट अग्रता हासिल गरेको छ । 

द टाइम्स अफ इण्डियाको अनलाइनले जनाए अनुसार, दिल्ली विधान सभाका कूल ७० सिटमध्ये ५०  सिटमा ‘आप’ को अग्रता छ । ‘आप’ लाई भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पछ्याइरहेको छ । भाजपा २० वटा निर्वाचन क्षेत्रमा अगाडि छ ।  प्रारम्भिक निर्वाचन परिणामबाट भने २०१५ को निर्वाचनमा भन्दा यस पटक भाजपाले आफ्नो अवस्थामा सुधार गरेको देखिन्छ । 

पाँच वर्षअघि भएको सो निर्वाचनमा भाजपाले दिल्ली विधान सभाका ७० मध्ये जम्मा ३ सिटमा मात्र विजय हासिल गरेको थियो भने आपले ६७ सिट । प्रारम्भिक मत गणनाले भने ‘आप’ ले पाँच वर्षको निर्वाचनमा प्राप्त गरेको सिटमध्ये केही सिट गुमाउने देखिएको छ । यद्यपी, मत गणना प्रारम्भिक चरणमा रहेकाले सिट संख्याबारे अहिल्यै यकिन गर्न सकिने स्थिति छैन । यद्यपी, मत सर्वेक्षणहरुले भने ‘आप’ ६६ सिटमा विजय हासिल गर्ने देखाएका छन् ।