Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७६ माघ २८ मंगलबार ०६:४४:००
Read Time : < 1 मिनेट
समाचार

स्काभेटरमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका संखुवासभा
२०७६ माघ २८ मंगलबार ०६:४४:००

चैनपुर नगरपालिका–२ मयुममा सडक निर्माणमा प्रयोग भइरहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । को.१च ६००० नम्बरको स्काभेटरमा आगजनी भएको हो । आगजनी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मीमबहादुर लामाले बताए । पुरानो व्यापारिक केन्द्र चैनपुर बजारदेखि पर्यटकीय स्थल नुनढाकी जाने सडकखण्डको १९ किलोमिटर काम अमर कन्ट्रक्सन कम्पनीले गरिरहेको छ ।

दिनभरि काम गरेर राति राखिएकै स्थानमा आगजनी भएको कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि थमन गुरुङले बताए ।गत मंगलबार राति पनि पाँचखपन नगरपालिका–५ खमारेमा बा.२क ३२९३ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो । केही महिनाअघि मादी नगरपालिकाको वडा कार्यालय र राममन्दिर–ओखरबोटे सडकखण्डमा समेत स्काभेटरमा आगजनी भएको थियो ।