मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार २१:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिभुवन विमानस्थलमा भएको आगालागी नियन्त्रण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार २१:१६:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा भएको आगालागी नियन्त्रणमा आएको छ । विमानस्थलमा लागेको आगो केही समयमा नै नियन्त्रणमा आएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।  

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको प्रतिक्षालय कक्षमा सोमबार राति ९ बजे आगालागी भएको थियो । विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसएसपी राम कृपाल साहका अनुसार आगोलागी विद्युत सर्ट भएर हुन सक्ने अनुमान गरिएको छ ।

आगालागीका कारण विमानस्थलको उडान केहीबेर रोकिएको थियो । आगो अन्तर्राष्ट्रिय उडान कक्षको एक तल्लामाथि विमान चड्नु पूर्व यात्रु बस्ने कक्षमा लागिएको हो । घटनामा कुनै मानवीय क्षति भएकाे छैन ।