मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १९:२७:००
Read Time : < 1 मिनेट
समाचार

हत्या आरोपमा सेना/प्रहरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १९:२७:००

ओखलढुङ्गामा व्यक्ति हत्याको आरोपमा एक प्रहरीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या गरेको आरोपमा स्थानीयवासी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले छन् ।

स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत ४ भदौमा वाग्लेको घर नजिक मृत फेला परेका थिए । तत्कालीन समयमा मदिरा सेवनका कारण बानियाँको ज्यान गएको भनिए पनि ६ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनाविरुद्ध मुद्दा चलाएको छ । लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । 

अदालतले दुई पटक म्याद थप गरिसकेको छ । साेमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै प्रहरी र सेनामा कार्यरतहरू निलम्बनमा परेका छन् । घटना भएको समयमा उनीहरू घर बिदामा गाउँ पुगेका थिए । रासस