मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

एलएलाई दोहोरो उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:५७:००

आयोजक लिटिल एन्जल्स (एलए) ले बिहीबार तेस्रो एलए कपमा दोहोरो उपाधि जितेको छ । एलए महिला बास्केटबल र फुटसलमा च्याम्पियन बनेको हो । महिला बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई पराजित गर्‍यो । महिला फुटसलमा एलएले डिएभीलाई ४–१ ले हरायो । पुरुष बास्केटबल फाइनलमा ओमेगाले एलएलाई पाखा लगाउँदै 
उपाधि जित्यो । 

पुरुष फुटबलमा सेन्ट लरेन्सले उपाधि चुम्यो । फाइनलमा सेन्ट लरेन्सले सेन्ट जेभियर्स, जावलाखेललाई २–१ गोलले पन्छायो । सेन्ट लरेन्सका हिमाल बडुवाल सर्वोत्कृष्ट खेलाडी चुनिए । गोलरक्षकमा सेन्ट लरेन्सका डुक्पा छिरिङ शेर्पा, डिफेन्डरमा एलएका मोहम्मद अक्रम तथा मिडफिल्डरमा जेभियर्सका डेबिड घले उत्कृष्ट ठहरिए । प्रतियोगिताभर ७ गोल गरेका जेभियर्सका शीर्षक श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।