मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २७ सोमबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार

हत्या आरोपमा एक प्रहरी र सेनासहित ३ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ २७ सोमबार १७:५१:००

ओखलढुंगामा व्यक्ति हत्याको आरोपमा एक प्रहरी र एक सेनासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ९ का ४१ वर्षिय पृथ्वीबहादुर बानियाँको हत्या आरोपमा स्थानीय ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानीय समेत रहेका नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले छन् । 

स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए । तत्कालिन समयमा मदिरा सेवनका कारण बानियाँको मृत्यु भएको भनिएको भए पनि ६ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको हो । 

लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । अदालतले २ पटक म्याद थप गरिसकेको छ । सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन् । घटना भएको समयमा उनीहरु घर बिदामा गाउँमै थिए ।