Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १५:३१:००
समाचार

तापक्रम वृद्धिको संकट : घट्दै भमराको संख्या, फूलको परागसेचनमा कस्तो असर ?

नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १५:३१:००

फुलहरुको परागसेचनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने भमराहरुको संख्या घट्दै गइरहेको एक अनुसन्धानबाट पत्ता लागेको छ ।

ठूलो तथ्याङ्कका आधारमा गरिएको अनुसन्धानले विश्वभर भमराको संख्यामा  ह्रास आएको देखाएको हो । 

सन् १९७४ पछिबाट उत्तर अमेरिकामा रहेका भमराको संख्या अन्य कुनै ठाँउमा पाइने भमराको संख्याभन्दा ५० प्रतिशत कम रहेको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै स्थानीय भेगमा पाइने एकै प्रजातीका फरक भमराहरु पनि लोप हुँदै गएको देखिएको छ । 

साइन्स जर्नलमा प्रकाशित भएको उक्त रिपोर्टले भमराको संख्या घट्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको जनाएको छ ।

बिशेष रुपमा पूरानो तापक्रम बढेर झन् तातो भएका क्षेत्र र उच्च तापक्रम भएको क्षेत्रमा भमराको संख्या कम भएको अनुसन्धानबाट खुलेको हो ।

उत्तर अमेरिका र युरोप दुई महादेशबाट ६० जातका भमराहरुमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट २० सौं शताब्दीको सुरुवातमा भन्दा अहिले युरोपमा भमराको संख्या १७ प्रतिशतले घटेको देखिएको छ ।

क्यानडाको ओटावा विश्वविद्यालयका अध्यनकर्ता एवं खोजका मुख्य लेखक पिटर सोरोएले भमराको संख्या घट्नुको मुख्य कारण तापक्रम वृद्धि रहेको बताएका छन् ।

विगतका १३९ वर्षको तुलनामा सबैभन्दा उच्च तापक्रम वृद्धि पछिल्ला ५ वर्ष भएको पाइएको छ ।

विश्व विख्यात भौतिक विज्ञानी अबर्लट आइन्सटाइनले भनेका छन्, ‘यदि भमराहरु पृथ्विबाट लोप भए भने, मानिसँग बाँच्नका लागि ४ वर्षमात्रै बाँकी रहनेछ ।’


भमराको संख्या घटे वातावरणमा के असर पर्छ ?
विश्व विख्यात भौतिक विज्ञानी अबर्लट आइन्सटाइनले भनेका छन्, ‘यदि भमराहरु पृथ्विबाट लोप भए भने, मानिसँग बाँच्नका लागि ४ वर्षमात्रै बाँकी रहनेछ ।’
अन्य प्राणीमा जस्तै धेरै किसिमका बोटविरुवाहरुमा भाले र पोथीको संर्सग आवश्यक हुन्छ ।

कुनै पनि बिरुवामा बिउका लागि फल लाग्न एन्ड्रोसियममा भएको परागकण गाइनोसियमको स्टिग्मामा पुग्नुपर्छ । यो प्रकृयामा भमरा र माहुरीहरले सबैभन्दा महत्व भूमिका खेलेका हुन्छन् ।

बिउबाट मात्रै धेरै जसो बिरुवाको पुनरुत्पादन हुन्छ । भने विश्वमा करिब ३५ प्रतिशत भन्दा बढी बिरुवाहरुलाई परागसेचनका लागि भमरा, माहुरीजस्ता किराहरुको आवश्यक्ता पर्छ ।

यदि यस्ता किराहरुको संख्या कम हुँदै जाने हो भने भविष्यमा फूलहरु परागसेचन हुन समस्या हुनेछ । फूलमा परागसेचन भएन भने फल लाग्ने छैन, फलस्वरुप बिँउ बन्न नपाउँदै बोटविरुवाको अस्तित्वमा आँच आउने छ र पृथ्विमा प्राणीको अस्तित्वमाथि ठूलो संकट पर्नेछ ।

किराहरुको लोप हुनुको मुख्य कारण तापक्रम वृद्धि, जलवायु परिवर्तन र वातारणिय ह्रास हो । जुन मानविय कारणले भइरहेको छ ।