१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फोटो : अर्जुन कार्कीको फेसबुकबाट
२०७६ माघ २७ सोमबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वसचिव पत्नीको हत्या, कामदार झुण्डिएको अवस्थामा मृत फेला  

Read Time : < 1 मिनेट
२०७६ माघ २७ सोमबार १४:००:००

घरमै गम्भीर घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा निधन भएको छ । 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको घरमा काम गर्ने दाङ घर भएका २२ वर्षीय नवीन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पूर्वसचिव कार्की बिहान घुमेर घर फर्किंदा श्रीमती घाइते र कामदार चौधरी झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुवैैलाई अस्पताल लगिएको थियो । मुनाको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । ज्ञवालीले प्रारम्भीक अनुसन्धानबाट चौधरीले मुनालाई पिर्काले टाउकोमा प्रहार गरेपछि डोरीमा झुण्डिएर आत्महत्या गरेको देखिएको बताए । 

घटनाबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए ।