१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी काबुल
२०७६ माघ २७ सोमबार ०८:४०:००
Read Time : < 1 मिनेट
विश्व

अफगान सेनाको गोली लागेर दुई अमेरिकी सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७६ माघ २७ सोमबार ०८:४०:००

एक अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । पूर्वी नान्गारहार प्रान्तको एउटा सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरूले तालिम गरिरहेका वेला अफगान सैनिक कमान्डोले गोली चलाएका थिए । 

अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गरेको विज्ञप्तिमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ । आक्रमण सुनियोजित थियो वा भूलवश भएको थियो भन्नेबारे केही खुलाइएको छैन ।

आक्रमणबारे अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ । सन् २०१९ मा विभिन्न समूहको आक्रमणमा २० अमेरिकी सेनाको मृत्यु भएको थियो । सन् २००१ यता अफगानिस्तानमा २४ सय अमेरिकी सैनिकको मृत्यु भइसकेको छ ।