१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
२०७६ माघ २६ आइतबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

इटहरीका मेयर द्वारिकलालविरुद्ध उजुरी

Read Time : < 1 मिनेट
२०७६ माघ २६ आइतबार १७:३०:००

इटहरीका मेयर द्वारिकलाल चौधरीले व्यक्तिगत रिसिवी साध्न आफ्नो पान पसल बन्द गराएको भन्दै इटहरीस्थित पान पसलका सञ्चालक सुवास साहले प्रहरीमा उजुरी दिएका छन् । 

साहले रिसिवि साध्न आफनो व्यवसाय बन्द गरिदिएको भन्दै उनले आज(आइतबार) प्रहरीमा उजुरी दिएका हुन् । आफू अन्यायमा परेको भन्दैं साहले उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनले उजुरीमा आफु मेयरबाट असुरक्षितसमेत भएको उल्लेख गरेका छन् । 

दुवै पक्षबीच सल्लाह गरेर सहमति गराउने डिएसपी भण्डारीले बताए । ‘मेयर सापले सवै प्रक्रिया पुरा गरेर गर्नुभएको रहेछ,’ भण्डारीले भने, ‘उजुरी आएको यस विषयमा हामी अध्ययन गछौंँ ।’ 

यता उपमहानगरपालिकाको कार्यालय अगाडि पान पसल राख्दा फोहोर भएको र कार्यालय अगाडि सय मिटर नजिक पान, गुड्का बेच्न नपाइने प्रदेश सरकारको समेत निर्णय भएको उल्लेख गर्दै अन्यत्र सार्न सात दिने सूचना जारी गरेको र हटाउन पत्रसमेत काट्दा नहटाएपछि एक्सनमा जानु परेको मेयर चौधरीले बताउदैं आएका छन् । गत २४ माघमा पसल अन्यत्र सार्न पत्र दिइएको थियो । उनलाई व्यवसाय गर्न नदिएको भन्दा पनि अन्यत्र राखेर बेच्न आग्रह गर्दा नसुनेको मेयर चौधरीको भनाई छ ।

यता चौधरीले अन्याय गरेको भन्दैें बन्द गरेको पान पसल कांग्रेसका इटहरी नगर सभापती हेमकर्ण पौडेलले खोलेका छन् । राज्यलाई कर तिरेर व्यावसाय गर्न पाउनु पर्ने भन्दं उनले पसल खोलेका हुन् । साहले ३५ वर्षदेखि उक्त स्थानमा पसल गदैं आएका थिए ।