१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका रामेछाप
२०७६ माघ २६ आइतबार ०९:३३:००
Read Time : < 1 मिनेट
समाचार

अख्तियारले पार्टीको काम गर्ने होइन : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रामेछाप
२०७६ माघ २६ आइतबार ०९:३३:००

कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टीको काम गर्न नहुने बताएका छन् । नेकपाको निर्देशनमा कांग्रेस नेता विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले मुद्दा लगाएको उनको आरोप थियो ।

शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित एम्बुलेन्स तथा शवबाहन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले अख्तियारले षडयन्त्रपूर्वक मुद्दा लगाएको जिकिर गरे । ‘अख्तियारका कर्मचारीले पनि जनताबाट उठेकै करबाट तलब खाने भएकाले उनीहरूले पार्टीको काम गर्ने हैन, पार्टीको निर्देशनमा नेता तथा कर्मचारीहरूलाई झुटो मुद्दा लगाएर दुःख दिने होइन,’ देउवाले भने । उनले गच्छदारविरुद्ध लगाएको मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् ।

रामेछापका कांग्रेस नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)ले आफ्ना बुवाको नाममा स्थापना गरेको शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानबाट चार एम्बुलेन्स र एक शवबाहन स्थानीय स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् ।