मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २४ शुक्रबार १४:३९:००
Read Time : < 1 मिनेट
अर्थ

अर्थमन्त्री खतिवडा भन्छन् ‘राजश्व भुक्तानीलाई डिजिटलाइज गर्छाैं’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २४ शुक्रबार १४:३९:००

अर्थमन्त्री डा. युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल प्रणालीमार्फत नै भुक्तानी हुने व्यवस्था आवश्यक रहेको बताएका छन् । 

नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेकोमा जोड दिएका हुन् । उनले डिजिटल नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरि सरकारले त्यस अनुरुपमा नीतिहरु समेत ल्याउँदै गरेको बताए । 

अर्थमन्त्री खतिवडाले सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको र यसले अर्थतन्त्रमा मुद्राको प्रयोगबाट हुने जोखिमलाई कम गर्दै लैजाने बताए ।

उनले नयाँ प्रविधिहरु भित्रिंदै गर्दा अर्थतन्त्रमा चुनौती पनि थप्दै जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न सरकार लागि परेको बताए । मन्त्री खतिवडाले अहिलेको प्राथमिक एजेण्डा डिजिटल करेन्सीको नभए पनि भविष्यमा यसको आवश्यकता पर्ने र त्यसका लागि डिजिटल भुक्तानीको व्यवस्था गर्दै रियलटाइम सेटलमेन्टमा जानुपर्ने बताए ।