१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २४ शुक्रबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अख्तियारलाई  बालुवाटारले भातृसंस्था बनाउन खोज्यो : नेविसंघ अध्यक्ष ढुंगाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २४ शुक्रबार १४:३४:००

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले संवैधानिक निकाय अख्तियारलाई बालुवाटारको एउटा भातृसंस्थाको रुपमा सरकारले अगाडि बढाउन खोजेको आरोप लगाएका छन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा नियोजित रुपमा मुद्दा चलाएको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा आयोजित प्रर्दशनमा ढुंगानाले भने, ‘संवैधानिक निकायलाई भातृसंस्था बनाउन खोजे आन्दोलनको आँधीबेहरी ल्याउँछौं, यो आँधीले वर्तमान सरकारमात्र होइन, तपाईहरुको अख्तियारलाई पनि बगाएर लान्छ ।’

उनले ललिता निवास जग्गा प्रकरण नेकपाका नेता माधव नेपाल प्रधानमन्त्री हुँदा निर्णय भएको उल्लेख गरे । ‘निर्णय गर्ने निर्दोष हुने कहाँको न्याय हो ?’ उनले प्रश्न गरे, ‘आफ्नो नेतामाथि मुद्दा लाग्यो भनेर रुवावासी गर्यो भनेर भन्नु होला, हाम्रा नेता मुद्दाको प्रतिवाद गर्न तयार छन् ।’

उनले नेकपा महासचिव विष्णु पौडले जग्गा लेनदेन गराएर आठ आना जग्गा भूमाफियाबाट लिएको उल्लेख गर्दै भने, ‘महासचिव पौडेल जग्गा बाँड्ने कामको मतियार बने, उनलाई सरकारले उन्मुक्ति दियो ।’