१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २४ शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार

कलंकीमा दुर्घटनागरी भागेका टिपर चालक सिन्धुपाल्चोकबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २४ शुक्रबार १३:५३:००

कलंकीको अण्डरपासमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक अनिल लामालाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ ।

बुधबार राति साढे १२ बजे बल्खुबाट सितापाइला जाँदै गरेको बा ४ प ८५६९ नम्बरको टिपरले विपरित दिसाबाट आएकोे प्रदेश–०२–०३–००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार मुन्ना चौधरी र रमेश चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरु रौतहट घर भई बल्खुमा मोटरसाइकल वर्कसप संचालन गर्दै आएका थिए । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले दुर्घटनापछि भागेका टिपर चालक लामालाई सिन्धुपाल्चोक चौताराबाट पक्राउ गरिएको बताए । 
लामाले तिब्र गतिकाे कारण दुर्घटना भएको प्रहरीलाई बताएका छन् । लामालाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।