१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केनेथ रोगोफ
२०७५ माघ ४ शुक्रबार १०:३९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

२०१९ मा विश्व अर्थतन्त्रका जोखिम

Read Time : > 3 मिनेट
केनेथ रोगोफ
२०७५ माघ ४ शुक्रबार १०:३९:००

अमेरिकी लेखक मार्क ट्वेनले कहिल्यै पनि ‘तपाईंलाई समस्यामा पारेको तत्वबारे तपाईंलाई थाहा छैन’ भनेनन् । त्यो तपाईंले जे सोच्नुहुन्छ, त्यही हो । यो वर्ष र सम्भवतः अर्को वर्ष लगानीकर्ताले पछिल्लो समयमा देखिएको प्रवृत्तिमा परिवर्तन आउने सम्भावना छैन भनेका क्षेत्रमा सबैभन्दा ठूला आर्थिक जोखिमहरू आउँछन् । यसमा चीनको आर्थिक मन्दी, विश्वव्यापी दीर्घकालीन कर्जादरमा वृद्घि र केन्द्रीय बैंकको स्वतन्त्रतालाई कमजोर पार्ने लोकप्रियतावादी आर्थिक नीतिका वृद्घि पर्छन्, जसले सुरक्षित विकसित राष्ट्रको सरकारी ऋणपत्रमाथिको ब्याजदर उचाइमा पुुग्छ ।

चिनियाँ आर्थिक सुस्तीका बारेमा पहिल्यै व्याख्या भइसकेको छ । डोनाल्ड ट्रम्पको व्यापार युद्धले मनोबलमा कम्पन ल्याएको छ । तर, निर्यात र लगानीमुखी अर्थतन्त्रलाई घरेलु उपभोगमुखी आर्थिक वृद्घिको लक्ष्यतर्फ परिवर्तन गरेर पहिल्यै नै सुस्ताएको चिनियाँ अर्थतन्त्रका लागि यो त केवल तलतिरको धकेलाई थियो । चिनियाँ अर्थतन्त्र कतिसम्म सुस्ताउला त भन्ने एक खुला प्रश्न हो । तर, केन्द्रित पार्टीको नेतृत्वमा रहेको राजनीतिक प्रणाली र थप विकेन्द्रित उपभोक्तामुखी आर्थिक प्रणालीबीचको विरोधाभासबीच दीर्घकालीन आर्थिक वृद्घि भने नाटकीय रूपमा कमजोर हुन सक्छ । 

दुर्भाग्यवश, उपभोक्तामुखी आर्थिक वृद्घितर्फको परिवर्तनलाई बेवास्ता गर्दै निर्यातको प्रवद्र्धन र रियल इस्टेटमाथिको लगानी जारी राख्नुको पनि कुनै औचित्य छैन । विश्वव्यापी निर्यातमा पहिल्यै नै चीनको वर्चस्व रहेको छ । कुनै बजारको स्थान न राजनीतिक सहिष्णुता कुनैले पनि उसको निर्यात प्रवद्र्धनको पहिलेको गति कायम गर्ने अनुमति दिँदैनन् । विशेष गरी आवासीय रियल इस्टेट (निर्माण उत्पादनको ठूलो हिस्सा ओगट्ने क्षेत्र)मा लगानीको माध्यमबाट वृद्घि हासिल गर्नु पनि धेरै चुनौतीपूर्ण छ । र, अनुभवका आधारमा विविध सम्भावित प्रभावको मापन गर्न कठिन छ । 

चीनको कुनै पनि महत्वपूर्ण मन्दीले कमोडिटी निर्यातक विकासशील र उदीयमान अर्थतन्त्रलगायतका बाँकी एसियाली राष्ट्रमा पनि प्रभाव पार्न सक्छ । यसमा युरोप र विशेष गरी जर्मनी पनि जोखिमबाट टाढा रहन सक्दैन । अमेरिका चीनमाथि कम निर्भर रहेपछि वित्तीय बजार र राजनीतिक रूपमा संवेदनशील निर्यातमा पुग्ने आघातका कारण चिनियाँ आर्थिक सुस्तीले अमेरिकी नेताहरूले अनुमान गरेभन्दा बढी पीडा दिन सक्छ । 

आर्थिक वृद्घि कमजोर बनेको धेरै वर्षपछि यदि विश्वव्यापी दीर्घकालीन वास्तविक ब्याजदरले आफ्नो मार्ग परिवर्तन गर्दै उकालो लाग्न सुरु ग¥यो भने अझ बढी पीडादायी बाहिरी जोखिमले मूर्त रूप धारण गर्छ । म यहाँ सन् २०१९ मा अमेरिकी केन्द्रीय बैंक ‘फेड’ले मौद्रिक नीतिमा गर्ने कडाइबारे भनिरहेको छैन । यो समस्याग्रस्त हुन सक्छ, तर यसले अल्पकालीन वास्तविक ब्याजदरलाई प्रभावित गर्न सक्छ र सैद्धान्तिक रूपमा भन्ने हो भने समय नै उल्टिन सक्छ । दीर्घकालीन वास्तविक ब्याजदरमाथिको झट्का भने निकै गम्भीर जोखिम हो, जुन आधुनिक युगको कुनै पनि समयको तुलनामा न्यून बिन्दुमा छ (दोस्रो विश्व युद्धपछिको वित्तीय मन्दी अवधिबाहेक, जतिवेला बजारहरू हालको तुलनामा निकै कम विकसित थिए) । 

हुन त दीर्घकालीन वास्तविक ब्याजदरमा निरन्तर वृद्घि हुन्छ भन्ने एकदमै कम सम्भावना भएको कुरा भए पनि यो असम्भवबाट भने धेरै टाढा छ । दीर्घकालीन घट्दो प्रवृत्तिका थुपै्र व्याख्याहरू भए पनि केहीतत्वहरू अस्थायी पनि हुन सक्छन् । र, विभिन्न सम्भावित प्रभावहरूको प्रयोगसिद्ध तरिकाले मापन गर्न कठिन हुन्छ ।

उदाहरणका लागि तथाकथित चौथो औद्योगिक क्रान्तिले आर्थिक वृद्घिमा अनुमान गरेभन्दा तीव्र दरले प्रभावित गर्न सुरु ग-यो भने उत्पादकत्व वृद्घि, विश्वव्यापी ब्याजदर बढाउने एक प्रमुख कारण बन्न सक्छ । यो पक्कै पनि समग्र विश्व अर्थतन्त्रका लागि राम्रो हुन्छ । तर, यसले पिछडिएका समूह र क्षेत्रमा भने क्षति पु-याउन सक्छ । 

तर, विश्वव्यापी दरमा उँभोगतिको दबाब थोरै हानिकारक तत्व बाट उत्पन्न हुन्छ । त्यो हो, एसियाली आर्थिक वृद्घिमा तीव्र कमीको प्रवृत्ति (उदाहरणका लागि चीनको दीर्घकालीन सुस्तीबाबट उत्पन्न) जसकारण एसियाली क्षेत्रमा लामो समयदेखि रहेको बाहिरी बचत घाटामा जान्छ ।

तर, विश्वमा भएको लोकप्रियतावादको विस्फोट नै वास्तविक ब्याजदर बढी हुनुको प्रमुख कारण हो । लोकप्रियतावादले विगत केही दशकयताका बजारमैत्री आर्थिक नीतिहरूलाई उल्टाउन सक्ने सम्भावना रहेकाले उनीहरूले विकसित राष्ट्रको ऋण कति सुरक्षित छ भन्ने कुरामा शंका फैलाउन सक्छन् । यसले जोखिम र ब्याजदर बढाउन सक्छ । यदि सरकार यो समायोजनमा कमजोर भयो भने बजेट घाटा बढ्छ, सरकारमाथि बजारले थप शंका गर्न थाल्छ र घटनाक्रम घुम्न थाल्छन् । 

आज ब्याजदरमा आएको कमीले विकसित अर्थतन्त्रले बढी ऋण कायम राख्न अनुमति पाउने अधिकांश अर्थशास्त्रीको विश्वास छ । तर, अतिरिक्त ऋण ‘निःशुल्क खाजा हो’ भन्ने सोचाइ राख्नु मूर्खता मात्रै हो । ऋणको स्तर बढी हुँदा झट्काप्रति थप आक्रामक प्रतिक्रिया दिन सरकारहरूलाई झन् गाह्रो पर्छ । वित्तीय संकट, साइबर आक्रमण, महामारी र व्यापार युद्धजस्ता कुरामा आक्रामक प्रतिक्रिया दिन असमर्थ भइयो भने त्यसले दीर्घकालीन मन्दीको जोखिम बढाउँछ । र, यो धेरै ऋणको सम्बन्ध दीर्घकालीन आर्थिक सुस्तीसँग छ भन्ने अधिकांश बौद्धिक अध्ययनले देखाएजस्तो सिद्धान्तको पनि महत्वपूर्ण  व्याख्या हो । 

आम्दानी पुनर्वितरण गर्ने प्रगतिशील नीति हासिल गर्न यदि नीति–निर्माताहरू ऋण (धनाढ्यलाई उच्च कर लगाइएको रूपमा) माथि बढी निर्भर भए भने आगामी दिनमा राष्ट्रहरू ऋणको उच्चस्तरबाट बाहिरिन सक्ने कुरामा शंकै रहेको सजिलै कल्पना गर्न सकिन्छ । लगानीकर्ताको शंकाले ब्याजदरलाई पीडादायीस्तरमा पु-याउन सक्छ । पक्कै पनि विश्व आर्थिक वृद्घिमा अमेरिकाको राजनीतिक उथल–पुथल, ब्रेक्जिटबारेको अनिश्चय, इटालीका बैंकहरूको समस्या र बढ्दो भूराजनीतिक तनावलगायतका अन्य जोखिमहरू पनि रहेका छन् । 

तर, यही बाहिरी जोखिमहरूले विश्वव्यापी आर्थिक परिदृश्यलाई धूमिल नै पार्छ भन्ने छैन । अमेरिकी अर्थतन्त्रको आधारभूत परिदृश्य अझै पनि सुदृढ वृद्घि नै हो । त्यस्तै ऋण संकटबाट लामो समयदेखि सुस्त पुनर्बहाली हासिल गर्दै आएको युरोपेली आर्थिक वृद्घिको दर पनि प्रवृत्तिभन्दा माथि हुन सक्छ । र, चिनियाँ अर्थतन्त्रले त निकै वर्षदेखि उसको आर्थिक वृद्घिप्रति सशंकित हुनेहरूलाई गलतसाबित गर्दै आएको छ । त्यसैले सन् २०१९ सुदृढ आर्थिक वृद्घिको अर्को वर्ष हुनेछ । दुर्भाग्यवश, यसमा विभिन्न बाधा–अड्चन पनि आउने देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख अर्थविद् केनेथ रोगोफ हार्बर्ड युनिभर्सिटीमा अर्थशास्त्र र सार्वजनिक नीतिका प्राध्यापक हुन् ।
कपिराइट :  प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org