मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैंं
२०७६ माघ २४ शुक्रबार ११:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ललिता निवास प्रकरण : कसैलाई काखा कसैलाई पाखा गरेको भन्दै साझा पार्टीद्वारा अख्तियारमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैंं
२०७६ माघ २४ शुक्रबार ११:२१:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जना विरुद्ध चलाएको मुद्दाप्रति आपत्ति जनाउँदै साझा  पार्टीले धर्ना कार्यक्रम गरेको छ । शुक्रबार अख्तियारको कार्यालय रहेको टंगालचोकमा अख्तियारविरुद्ध साझा पार्टीले धर्ना गरेको हो । 

केन्द्रिय सदस्य प्रकाशचन्द्र परियार र समिक्षा बास्कोटाको नेतृत्वमा चारवटा समूह बनाएर धर्ना कार्यक्रम गरेका छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदम ठिक भएको तर, मुद्दा चलाउँदा कसैलाई काखा र कसैलाई पाखा गरेको उनीहरुको आरोप छ । अख्तियारको अन्यायपूर्ण कमदको विरुद्ध आफूहरुले धर्ना दिनुपरेको  प्रकाशचन्द्र परियारले जानकारी दिए ।

साझा पार्टीको धर्नालाई मध्यनजर गर्दै टंगाल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।