मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २४ शुक्रबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार

त्रिवि पत्रकारिता विभागको सुविधासम्पन्न भवन बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २४ शुक्रबार ०७:२३:००

 २१ करोड ५५ लाख लागतमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सुविधासम्पन्न भवन निर्माण हुने भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अर्थमन्त्री डा. युवराज खतिवडाले बल्खुमा पत्रकारिता विभागको भवन शिलान्यास गरेका हुन् । 

भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारिता शिक्षालाई बलियो बनाउन बजेट विनियोजन गरेको बताए । भवनलगायत पूर्वाधार निर्माणसँगै पत्रकारिता शिक्षालाई व्यावसायिक, प्रयोगात्मक र अनुसन्धान कार्यलाई विस्तार गर्न सजिलो हुने बताए । त्रिविमा पहिलोपटक अनुसन्धानका लागिसमेत बजेट विनियोजन भएकोमा उनले खुसी व्यक्त गरे । 

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले समयमै निर्माण सम्पन्न हुने बताए ।  पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख प्रा. चिरञ्जीवी खनालले सुविधासम्पन्न भवन बनेपछि प्रयोगात्मक अभ्यासका लागि अझ सहज हुने बताए ।