१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २३ बिहीबार २१:३५:००
Read Time : < 1 मिनेट
समाचार

बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
२०७६ माघ २३ बिहीबार २१:३५:००

जिल्लाको तमानखोला गाउँपालिकामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पालिकाकाे वडा नम्बर ३ बुलबुले भन्ने स्थानमा ग १ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका-२ का २१ वर्षीय रिता पुन, ५२ वर्षीय मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिका-१ बोगांदोभानमा जन्ती लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मालिका गाउँपालिका-२ का ४८ वर्षीय मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीय गौमाया पुनको रहेका छन् । उनीहरूकाे स्थानीय र प्रहरीले उद्धार गरी स्वाथ्य चौकीमा पुर्याएका थिए ।

ट्याक्टरमा २०-२५ जना सवार रहेको अनुमान गरिएको छ । अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताए । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।