१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १७:४८:००
Read Time : > 1 मिनेट
प्रवास

फ्रान्सको ओबरभिलिए नगर उपप्रमुखमा नेपाली मूलका उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १७:४८:००

फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मूलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए समुहको तर्फबाट नगर उपप्रमुखमा उम्मेदवारी दिएका छन् । आगामी मार्चको १५ र २२ तारिखमा हुने स्थानीय तहको निर्वाचनमा ओभरभिलिय नगरपालिकामा उपप्रमुख पदमा उम्मेदवारी दिएको अर्यालले बताए । 

फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशानदनि जिल्लामा रहेको ८५ हजार जनसंख्या रहेको ओभरभिलिय जिल्लाको चौथो ठूलो नगरपालिका हो । फ्रान्समा ३५ हजारभन्दा बढी स्थानीय तह छ । जसमध्ये ८५ प्रतिशत गाउँपालिका रहेका छन् । अर्याल एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष र हालका संरक्षक हुन् । उनी फ्रान्सको प्रतिष्ठित इन्सुरेन्स कम्पनीमा प्रोक्युरमेन्ट प्रमुख पदमा कार्यरत छन् । 

गोर्खामा जन्मिएका अर्यालकाे सबै तहकाे शिक्षा फ्रान्सम नै भएको हो । उनले उम्मेदवारी दिएको रेभेइए ओबरभिलिए समूहमा राजनीतिमा लागेका व्यक्तिहरु कम र नागरिक समाजका व्यक्तिहरु बढी आबद्ध छन् । यो समूहलाई फ्रान्सको सोसियलिष्ट पार्टीलगायत अन्य साना पार्टीले समर्थन गरेको छ । फ्रान्सको स्थानीय तहको समयावधि ६ वर्षको हुन्छ ।

फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुख बन्नका लागि पार्टी वा समूहले घोषणा र दर्ता गर्नु पर्ने हुन्छ । नगरप्रमुखबाहेक अन्य पदहरु निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । तर अर्यालको भने उपप्रमुखमा जित्ने लगभग पक्का भइसकेको छ ।

अर्यालले जिते नेपालीलाई फाइदा

अर्यालको टिमले नगरपालिकामा विजयी हुँदा नेपालीहरुलाई प्रभावकारी सहयोग हुनेछ । त्यहाँ रहेका नेपालीहरुको स्थानीय स्रोत साधनको उपयोगमा कानुनअनुसार सहज पहुँच विस्तार हुन्छ । नेपालको स्थानीय तह एवं सरकारसँग घनिष्ठता बढाउन पुलको काम गर्न सक्ने अवसर बढ्छ ।

फ्रान्समा नेपाली समुदाय थोरै भए पनि अर्यालको जितले नेपाल चिनाउन सहयोग पुग्छ । नेपालको स्थानीय तहसँग भगिनी सम्बन्ध विस्तार, सहयोग र संस्कृतिक आदन प्रदान र नेपाली जनताको हितमा काम गर्न सक्ने मौका प्राप्त हुने छ ।

को हुन् अर्याल

पेसाले सिभिल इन्जिनियर अर्याल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी सन् २००७ मा एनआरएनए फ्रान्सको युथ कोअर्डिनेटर भएका थिए । सन् २०११ मा उनी एनआरएनए फ्रान्सको अध्यक्ष बने । 

उनले राष्ट्रिय समन्वय परिषद् फ्रान्सको अध्यक्ष हुँदा नेपालमा प्राकृतिक प्रकोपमा परेकालाई ठूलो आर्थिक सहयोग गरेका थिए । शिक्षा, स्वास्थ्य क्षेत्रमा पाल्पा, गोरखा र धादिङमा उनले आर्थिक सहयोग गर्दै आएका छन् ।