मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार

भारत र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १७:४९:००

सरकारले भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली सेनाको आग्रहमा दुई देशका सेना प्रमुखको नेपाल भ्रमणलाई अनुमति दिने निर्णय गरेको बताए ।

नेपाल भ्रमणका वेला भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभानेलाई नेपाली सेनाको मानार्थ सेनापतिबाट सम्मान गर्ने कार्यक्रम छ । 

नाराभाने भारतका २८ औं सेना प्रमुख हुन भने इजरायली सेना प्रमुख जोकोभिच लामो समय इजरायली सेनाको गुप्तचरी निकायमा रहेर काम गरेका थिए ।

नेपाल भ्रमणमा आउन लागेका दुवै मुलुकका सेना प्रमुख नेपाली सेनासँग नजिक रहेर सहकार्य गर्दै आएका छन ।

इजरायलसँग सन १९६० मा दौत्य सम्बन्ध स्थापना भएपछि दुवै देशका सेनाबीच सहकार्य हुँदै आएको छ । आतंकवाद तथा प्रतिआतंकवादविरुद्धको कारवाहीमा इजरायली सेनालाई अब्बल मानिन्छ । गत ८ मंसिरदेखि ११ गतेसम्म नेपाली सेना र इजरायली सेनाबीच प्रति आतंकवादविरुद्धको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको थियाे । 

नेपाली सेनाले संचालन गर्ने प्याराजम्प ट्रेनिङको सुरुवातसमेत  इजरायली सेना सहयोगमा सुरु गरिएको थियो  ।