मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १३:५६:००
Read Time : < 1 मिनेट
अर्थ

भुकम्पिय पुनर्निर्माण आयोजनाका लागि विश्व बैंकको ऋण सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १३:५६:००

विश्व बैंकले भुकम्पिय आवास पुनर्निर्माण आयोजनाका लागि झण्डै २२ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरेको छ ।

अर्थमन्त्रालयमा बिहीबार विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भुकम्पिय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गरे । विश्व बैकको पछिल्लो सहयोग रकमलाई भुकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए । 

विश्व बैकले नेपालमा भुकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम संचालन गरिरहेको छ । यसघि विश्व बैकले सन् २०१५ मा ५५ हजार घर पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।