मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २३ बिहीबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश १ को हिउँदे अधिवेशन सुरू हुँदै, प्रत्यक्ष प्रसारण हुने

Read Time : < 1 मिनेट
२०७६ माघ २३ बिहीबार १०:३५:००

एक नम्बर प्रदेशकाे हिउँदे अधिवेशन आज (बिहीबार) बाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गरेका हुन् । 

याे प्रदेश सभाको तेस्रो हिउँदे अधिवेशन हो । १३ जेठ २०७६ देखि सुरु भएको प्रदेश सभाको चौंथो तथा बजेट अधिवेशन ६२ घण्टा ८ मिनेटको समय खर्चदै ५४ वटा बैठक बसेर तथा ८ असोजमा सम्पन्न भएकाे थियाे । अघिल्लाे अधिवेशनले १४ वटा विधेयक पारित गरेकाे थियाे ।

चार वटा अधिवेशन सम्पन्न गरिसकेको सभाले हालसम्म ३९ वटा विधेयक पारित गरिसकेको छ । प्रदेशसभाकाे पहिलो अधिवेशनको पहिलो बैठक २२ माघ २०७४ मा बसेकाे थियो । 

बैठकको प्रत्यक्ष प्रसारण हुने  

आजदेखि सुरु हुने प्रदेश सभाको प्रत्यक्ष प्रसारण बेवसाइट ‘एसेम्बली पी वान डट जीओभी डट एनपी’ हुने छ । २२ माघमा प्रदेशसभा दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सभामुख प्रदिपकुमार भण्डारीले प्रत्यक्ष प्रसारणसहित बेवसाइट, मोवाइल एप, प्रथम स्मारिका र भाइबेटिङ पुस्तिका सार्वजनिक गरेका छन् ।