मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार ०८:११:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् गेडागुडीका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार ०८:११:००

- गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । गेडागुडीलाई टुसा उमारेर खाए झन् राम्रो हुन्छ ।
- गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन हुन्छ, मासुमा भन्दा पनि बढी । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । यद्यपि, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । 
- गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा बढेर जान्छ । त्यति मात्र नभएर मिनरल, भिटामिन पनि बढ्ने गर्छ ।
- नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन । भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।