१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ २२ बुधबार २०:०३:००
Read Time : < 1 मिनेट
अर्थ

साइबर सेक्युरिटी सबै भन्दा ठुलो चुनौति : गभर्नर नेपाल

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार २०:०३:००

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तिय क्षेत्रमा साइबर सेक्युरिटी सबै भन्दा ठुलो चुनौतिपूर्ण विषय रहेको बताएका छन् । 

राष्ट्र बैंकले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय साइबर सेक्युरिटी चुनौतिका रुपमा देखा परेको बताएका हुन् । 

उनले देशको आर्थिक विकासको पहिलो आधार वित्तिय स्थायित्व भएकोमा जोड दिए । गभर्नर नेपालले वित्तिय स्थायित्वपछि मात्रै अर्थतन्त्रका अन्य आधारशिला तयार हुने बताए । देशको आर्थिक कृयाकलापलाई बढाउने चुनौति पनि वित्तिय क्षेत्रमाथि रहेको उनको भनाई थियो । 

कार्यक्रममा उद्योगी व्यवसायीहरुले पछिल्लो समय केन्द्रीय बैंकले लिएका नीतिहरुले निजी क्षेत्रमाथि नकारात्मक असर पारेको बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले राष्ट्र बैंकले पछिल्लो समय आवधिक कर्जा, घर कर्जा तथा हायरपर्चेज कर्जामा कर चुक्ताको ५० प्रतिशत किस्ता तिर्नुपर्ने व्यवस्था गरेपछि समस्या देखा परेको बताए । उनले ५० करोड रुपैयाँ माथिको कर्जामा क्रेडिट रेटिङ गर्ने व्यवस्थामा पनि सुधार गर्न सुुझाव दिए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंकहरुले जलस्रोत, कृषि र पूर्वाधार विकास जस्ता क्षेत्रमा गरेको लगानी न्यून भएको उल्लेख गरे । कृषि क्षेत्रमा लगानी बढाउन दवाब दिने गरी मौद्रिक नीतिको समीक्षा हुनु पर्ने उनको सुझाव थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा र्साजनिक गर्नु अघि निजी क्षेत्रसँग मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक स्थितिका विषयमा छलफल गरेको हो ।