मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे
२०७६ माघ २२ बुधबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शान्ति प्रक्रियापछि महिलाको कीर्तिमान ओझेलमा परेको महसुस भएको छ  : प्रचण्ड  

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार १७:५९:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी यो अवस्थासम्म आउनमा महिलाहरुको उपस्थिति निक्कै महत्वपूर्ण रहेको बताएका छन् ।

‘नेपालका तत्कालीन क्रान्तिकारी महिलाहरु इतिहासको रङमञ्चमा गौरवका साथ उभिएको भए पनि पार्टी शान्ति प्रक्रियामा आएपछि महिलाको भूमिका आझेलमा परेर पुरुषसत्ता हावी भएको हो कि ? भन्ने देखिएको छ,’ प्रचण्डले भने ।

नेकपाको भातृ सङ्गठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले १५–१९ माघमा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई थप उचाइमा पुर्याएको बताए । 

‘दुई ठूला कम्युनिस्ट पार्टीहरु एकता प्रक्रिया कसरी सम्भव होला भन्ने अन्योलमा थियो । त्यो अन्योललाई केन्द्रीय कमिटीको बैठकले अन्त्यय गर्दै सबै सदस्यमा अन्तरघुलनको वातावरण बनाएको छ,’ उनले भने ।

जनयुद्धकालमा महिलाले सेनाको कमान्ड गरेर आफूलाई सक्षम सावित गरेको बताउँदै महिला नेता कार्यकर्ताको सहभागिताकै कारण आजको यो परिवर्तन सम्भव भएको उनले बताए ।

‘जनयुद्धको प्रारभिक दिनहरुमा पुरुषहरु लड्खडाएका थिए । आत्मसमर्पण गर्नेमा पुरुषको संख्या बढी थियो । महिलाहरुलाई दुस्मनहरुले ज्युँदै आगोमा हाल्ने काम गरे, आँखा निकाले, बलात्कार गरे तर पनि युद्ध लड्न छोड्नुभएन,’ उनले भने, ‘महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी सबै राजनीतिको यो सिस्टमसम्म आइपुगेका हौं ।’

महिलाहरुको त्यस्तो त्यागले पुरुषसत्तालाई चुकचुक पारिदिएको उनले बताए ।

‘श्रमजिवि महिलाहरुको त्यो त्यागले पुरुषहरुलाई आत्मसमीक्षा गर्न बाध्य तुल्यायो । महिलाहरुले राजनीति शास्त्रमा विद्यावारिधि नगरे पनि पुरानो सत्ता ढाल्निुपर्छ भन्ने चाहना थियो,’ प्रचण्डले भने ।