मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २२ बुधबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार

निःशुल्क स्वास्थ्य शिविरमा ४७ जनाको शल्यक्रिया

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार १४:१८:००

बाराको परवानीपुर गाउँपालिका ५ बहुवरीमा निःशुल्क कान अप्रेशन शिविर सम्पन्न भएको छ । बुधबार रिलिफ सोसाईटी अफ कमर्स वीरगन्जको आयोजनामा भएको शिविरमा ४७ जनाको कानको अप्रेशन  गरिएको हो । 

गत १९ माघबाट सुरु भएको शिविरमा एक सय १२ जनाले चेकजाँच गराएका थिए । जसमध्ये २३ महिला र २४ पुरुष रहेका छन् ।  

निःशुल्क कान अप्रेशन शिविरको लागि रुगंटा वेलफेयर सोसाईटी बृजलाल राधा देवी लाठ ट्रष्ट तथा जनसहयोगीको सहयोग रहेको संस्थाका अशोक लाठले बताए । 
शिविरमा डा.बिके सिन्हा, सुष्मा भट्टचनलगायतको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थियो ।