मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २२ बुधबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार

अनुसन्धानमूलक पाठ्यक्रम निर्माणमा सरकारको पूर्ण सहयोग छ : अर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २२ बुधबार १३:४९:००

उच्च शिक्षाको पठनपाठनसँगै अनुसन्धानको विषयलाई जोड दिनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागको निर्माणाधीन भवनको कीर्तिपुरमा शिलान्यास कार्यक्रममा अनुसन्धानमूलक पाठ्यक्रम विकासका लागि सरकारको पूर्ण सहयोग रहेको उनले बताए । 

आमसञ्चार तथा पत्रकारिता विभागको हालसम्म भवन निर्माण नभएकोमा दुःख व्यक्त गर्दै खतिवडाले यसको पूर्वाधार, जनशक्ति विकास गर्न पत्रकारिताको मुख्य भूमिका रहने बताए । 
त्रिविमा पहिलो पटक अनुसन्धानको लागि समेत बजेट विनियोजन भएकोमा उनले खुसी व्यक्त गरे । 

‘उच्च शिक्षामा बढी नैतिकता र नीतिसम्बन्धी पाठ्यक्रम विकास गर्नुपर्छ’, उनले भने, ‘सामाजिक र मूल्य मान्यता स्थापित गर्न सक्दैनौं भने सभ्य र समृद्ध समाज बन्न सक्दैन ।’ 

२२ करोडमा भवन निर्माण

भवन निर्माण लागत २१ करोड ५५ लाख रुपैयाँ रहको पत्रकारिता विभागले जनाएको छ । यस भवनको निर्माणको जिम्मा त्रिविको नै परामर्शदाता इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा रहेको पनि विभागले जानकारी दिएको छ ।